top of page
Search

अनटिफको दोस्रो साधारण सभा ओरेगन राज्यको पोर्टल्यान्डमा हुने

  • Writer: Admin
    Admin
  • Sep 9, 2016
  • 1 min read

विदेसमा रहदै आएका तेक्वान्दोका पूर्व नेपाली प्रशिक्षक तथा खेलाडीहरूको साझा संस्था युनिवर्षल युनाइटेड नेल्पिज तेक्वान्दो फेडरेसन (अनटिफ)को दोस्रो साधारण सभा अक्टोबर १५ र १६ मा ओरेगन राज्यको पोर्टल्यान्डमा हुने भएको छ ।

दोस्रो साधारण सभालाई व्यवस्थित रुपमा सम्पन्न गर्न केन्द्रिय महासचिव लवप्रसाद गोर्खालीको संयोजकत्वमा १३ सदस्यीय आयोजक समिति गठन गरिएको छ । केन्द्रिय उपाध्यक्ष जगनलाल श्रेष्ठ सह संयोजक रहेको उक्त समितिका सदस्यमा मनमोहन वाइवा, सुदर्शनवहादुर केसी, राजु थापा कुमार कार्की, सुन्दर गुरुङ, गणेश थापा, सिता राई, दुर्गा गुरुङ रचेन्द्र केसी, ज्वाला कार्की र नोर्वु लामा छन् ।

आयोजक समितिको विशिष्ठ सल्लाहकारमा क्यानाडाबाट संस्थाका अध्यक्ष राजकुमार राई, अमेरिकाबाट सन्तोष प्रधान र दिवाकर महर्जन, तथा वेलायतबाट राष्ट्र राई छन् ।

त्यसैगरी साधारण सभाको आयोजनालाई प्रभावकारी रुपमा सम्पन्न गर्न पाँच वटा उपसमिति पनि गठन गरिएको केन्द्रिय महासचिव एवं आयोजक समिति अध्यक्ष गोर्खालीले बताए । जसमा स्मारिका प्रकाशन उपसमिति, अनटिफ विधान प्रकाशन उप समिति, स्वागत तथा वसोवास व्यवस्थापन उप समिति, यातायात तथा कार्यक्रम व्यवस्थापन उप समिति र योजना तयारी उप समिति छन् ।

नेपाली तेक्वादो विकासको मूल उद्देस्य सहित स्थापना गरिएको अनटिफको पहिलो साधारण सभा दुई वर्ष अघि लण्डनमा भएको थियो । त्यहाँ ५५ जना प्रतिनिधिहरूको उपस्थिति रहेको भेलाले हाल क्यानाडामा वस्दै आएका एसियाली कास्य पदक खेलाडी राजकुमार राईको नेतृत्वमा ३५ सदस्यीय कार्य समितिको गठन गरेको थियो ।

- See more at: http://enepalese.com/2016/09/94911.html#sthash.qvpRCgAp.dpuf

http://enepalese.com/2016/09/94911.html


 
 
 

Comments


© 2024 by Universal United Nepalese Taekwondo Federation.

bottom of page