Admin
अनटिफको दोस्रो साधारण सभा ओरेगन राज्यको पोर्टल्यान्डमा हुने
विदेसमा रहदै आएका तेक्वान्दोका पूर्व नेपाली प्रशिक्षक तथा खेलाडीहरूको साझा संस्था युनिवर्षल युनाइटेड नेल्पिज तेक्वान्दो फेडरेसन (अनटिफ)को दोस्रो साधारण सभा अक्टोबर १५ र १६ मा ओरेगन राज्यको पोर्टल्यान्डमा हुने भएको छ ।
दोस्रो साधारण सभालाई व्यवस्थित रुपमा सम्पन्न गर्न केन्द्रिय महासचिव लवप्रसाद गोर्खालीको संयोजकत्वमा १३ सदस्यीय आयोजक समिति गठन गरिएको छ । केन्द्रिय उपाध्यक्ष जगनलाल श्रेष्ठ सह संयोजक रहेको उक्त समितिका सदस्यमा मनमोहन वाइवा, सुदर्शनवहादुर केसी, राजु थापा कुमार कार्की, सुन्दर गुरुङ, गणेश थापा, सिता राई, दुर्गा गुरुङ रचेन्द्र केसी, ज्वाला कार्की र नोर्वु लामा छन् ।
आयोजक समितिको विशिष्ठ सल्लाहकारमा क्यानाडाबाट संस्थाका अध्यक्ष राजकुमार राई, अमेरिकाबाट सन्तोष प्रधान र दिवाकर महर्जन, तथा वेलायतबाट राष्ट्र राई छन् ।
त्यसैगरी साधारण सभाको आयोजनालाई प्रभावकारी रुपमा सम्पन्न गर्न पाँच वटा उपसमिति पनि गठन गरिएको केन्द्रिय महासचिव एवं आयोजक समिति अध्यक्ष गोर्खालीले बताए । जसमा स्मारिका प्रकाशन उपसमिति, अनटिफ विधान प्रकाशन उप समिति, स्वागत तथा वसोवास व्यवस्थापन उप समिति, यातायात तथा कार्यक्रम व्यवस्थापन उप समिति र योजना तयारी उप समिति छन् ।
नेपाली तेक्वादो विकासको मूल उद्देस्य सहित स्थापना गरिएको अनटिफको पहिलो साधारण सभा दुई वर्ष अघि लण्डनमा भएको थियो । त्यहाँ ५५ जना प्रतिनिधिहरूको उपस्थिति रहेको भेलाले हाल क्यानाडामा वस्दै आएका एसियाली कास्य पदक खेलाडी राजकुमार राईको नेतृत्वमा ३५ सदस्यीय कार्य समितिको गठन गरेको थियो ।
- See more at: http://enepalese.com/2016/09/94911.html#sthash.qvpRCgAp.dpuf
http://enepalese.com/2016/09/94911.html